अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि मुख्य दुईदल डेमोक्रेटिक र रिपब्लिकन पार्टीभित्र उम्मेदवार छान्ने क्रम चलिरहेको छ ।
अहिलेसम्मको परिणाममा डेमोक्रेटिकको तर्फबाट हिलारी क्लिन्टन तथा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्पले धेरै राज्यमा जितेका छन् ।
मंगलबार सम्पन्न ११ राज्यको परिणाममा क्लिन्टन र ट्रम्पले ११ मध्ये सात सात राज्यमा जितेका हुन् । डेमोक्रेटिकतर्फ क्लिन्टनले अलावामा, जर्जिया, टेनिसी, भर्जिनिया, टेक्सस, मासाचुसेट्स र अर्कन्सासमा जितेकी हुन् ।
वर्मोनट, कोलोराडो, ओक्लोहामा र मेनेसोटामा भने क्लिन्टनलाई पछि पार्दै सिनेटर बर्नी सान्ड्रेस विजयी भएका छन् । रिपब्लिकनतर्फ राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पले अलावामा, जर्जिया, मासाचुसेट्स, टेनिसी, भर्जिनिया, वर्मोनट र अर्कन्सासमा जितेका हुन् ।
रिपब्लिकन तर्फ टेक्सस र ओक्लोहामामा टेड क्रुज तथा मिनेसोटामा मार्को रुविओ विजयी भएका हुन् । डेमेक्र्याटिककी क्लिन्टनले जितेको टेक्ससमा भने रिपब्लिकन तर्फका ट्रम्प पराजित भएका छन् ।
राष्ट्रपति उम्मेदवारीका लागि महत्वपूर्ण मानिएको छनौट चरणको मतदानमा पूर्व विदेशमन्त्री क्लिन्टन तथा अर्बपति ट्रम्प दुवै आआफ्नो पार्टीमा प्रभावाशाली बनेका हुन् । यी दुबैको स्थिति रणनीतिक महत्वका राज्यहरुमा बलियो देखिएको छ । (एजेन्सी)