सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँचीका आठ गाविसका गाउँघर क्लिनिकलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
USAID को आर्थिक सहयोग एवम सुआहारा कार्यक्रमबाट जिल्ला स्वास्थ्य कार्यालय मार्फत १ लाख पाँच हजार रूपैंयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्य चौकीसम्म पहुँच पुग्न नसकेका समुदायका लागि गाउँघर क्लिनिकमासामग्री प्रदान गरिएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक दिबस ढकालले बताए। स्वास्थ्य सामग्री सहयोगले स्थानीय क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मीलाई काम गर्नका लागि ऊर्जा थप्ने विश्वास लिईएको छ ।
Premnarayan Acharya in Arghakhanchi contributed to this report.