डिआरजी सुमन
राष्ट्र,राष्ट्रियता र समाजवादलाई केन्द्रमा राख्दै आएको कांग्रेसको यो तेह्रौ महाधिवेशनले देशको भावी राजनितीलाई सुहाउने खालको निती र नेतृत्वको निम्ती पार्टी संगठनलाई पुर्ण रुपमा तयार गर्नकै लागी काठमाण्डौमा हिजो देखी महाधिवेशन सुरु गरेको छ । नेपाली कांग्रेस स्थापना हुदै गरेको तत्कालिन अवस्थामा नेपालमा कथित एकतन्त्रात्मक जहाँनीय राणा शासनले हैकमवाजी गरेको थियो । विक्रम संवत २००७ सालमा एकतन्त्रीय जहाँनीय राणा शासकवर्गको अन्त्य गर्दै नेपालमा प्रजातन्त्र ल्याउनको लागी गरिएको आन्दोलनको नेतृत्वकारी भूमिका नेपाली कांग्रेसको तर्क्षवाट नै भएको हो । एकतन्त्रीय शासनवाट वहुलवादी शासन,वंस परम्पराको आधारमा प्रधानमंत्री समेत छानिने सामन्ती व्यावस्थाको विकल्पमा आम जनताको चयन गरेको सर्व साधारण व्याक्तिले पनी सरकार प्रमुखको ज़िम्मेवारी लिन पाउने त्यही परिवर्तनको कारण आएको थियो । नेपालमा क्रियाशिल दलिय एकतामा आएको समस्याको कारण २००७ सालमा आएको यो व्यावस्था २०१७ को खण्डमा केही अंशमा हरण हुन पुगेको थियो ।
वि.स.२००३ साल कार्तिक १५ गते भारतको वनारसमा अखील भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन भएको थियो । त्यो योजनामा विपी कोईराला,कृष्ण प्रसाद भट्टराई,बाल चन्द्र शर्मा,गोपाल प्रसाद भट्टराई,ईस्वर वराल,नरेन्द्र रेग्मी,देवी प्रसाद सापकोटा लगायतको महत्वपूर्ण योगदान रहेको थियो ।२००३ साल माघ १२ र १३ गते भारतको पश्चिम वंगाल स्थित कोलकत्ताको भवानीपुरमा भएको भेलाले नेपाली राष्ट्रिय कांग्रेसको रुपमा स्थापित गरेको थियो यही भेला नै कांग्रेस पार्टीको प्रथम महाधिवेशन थियो । स्थापनाको खण्डकालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको नामवाट स्थापित यी दुई संगठनलाई २००६ साल चैत २७ गते एकीकरण गरी नेपाली कांग्रेस वनाईएको थियो । टंक प्रसाद आचार्य,विपी कोईराला,कृष्ण प्रसाद भट्टराई,बाल चन्द्र शर्मा,डिल्लीरमन रेग्मी लगायतका नेतृत्वकर्ताले नै राणाशासन अन्य गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएको कारण नै २००७ सालमा प्रजातन्त्र आएको थियो । वि.स. २००३ को स्थापना कालदेखी नै नेपाली राष्ट्रीय कांग्रेसले नेपालका हुने हरेक राजनितीक परिवर्तनको लागी हुने क्रान्तिमा जवाफदेही तवरले नेपाली जनतासामु आफुलाई कोषेढुंगा सावित गर्दै आएको छ । २००३ सालको विराटनगर मजदुर आन्दोलन,२००७ सालको प्रजातन्त्रिक आन्दोलन,२०११ र २०४२ सालको सत्याग्रह,२०१४ सालको भद्र अवज्ञा आन्दोलन,२०२६ सालको जनमत संग्रह,२०४६ सालको वहुदलीय आन्दोलन,२०६२/६३ को गणतान्त्रिक आन्दोलनमा कांग्रेसले महत्वपूर्ण योगदान र नेतृत्व गरेकै हो ।
नेपाली कांग्रेसमा गणेशमान सिंग जस्ता तृण ईच्छा शक्ती,कृष्ण प्रसाद भट्टराई सुजवुझ भएका यी व्याक्तित्वले नै २३ वर्ष लामो पंचायती व्यावस्था जरैवाट मिल्काउनको लागी नेपालमा रहेका वामपन्थीसँग सहकार्य गरेका थिए र सफल पनी भएकै हुन । यस्तै २०६२/६३ सालमा गिरीजा प्रसाद कोईरालाको सक्षम नेतृत्वले नै निर्णायक भूमिका खेलेकै कारण १० वर्षदेखी भूमिगत रहदै शसस्त्र गृहयुद्धमा होमिएका तत्कालिक माओवादीलाई राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सफल भयो । राजतन्त्रलाई कांग्रेसले सदैव मुल खम्वाको रुपमा अंगीकार गर्दै आएको भएता पनी राजतन्त्रले पटक पटक देखाएको विश्वास घातको असहैय भएपछी अन्तत:२०६२/६३ को आन्दोलन पछी गणतन्त्रात्मक शासन व्यावस्थालाई अंगाल्न कांग्रेस तयार भयो । दोस्रो संविधान सभामा नेपाली कांग्रेस देशकै ठुलो पार्टी हुन सफल हुदा पार्टी सभापती शुसिल कोईरालाको नेतृत्वमा रहेको सरकारले मुलुक भित्रको आन्तरिक तथा वाह्य हस्तक्षेपकारी तत्त्वको असहयोग र कडा विरोधका विचमा पनी अन्तत:२०७२ असोज ३ गते गणतन्त्र नेपालको संविधान घोषणा गराएरै छाड्नुले कांग्रेस पार्टी मुलुकप्रतीको भूमिकामा उत्तरदायी नै छ भन्ने कुरा स्पष्ट हुन्छ ।
कांग्रेसको तेह्रौ महाधिवेशनमा नेपाली कांग्रेसको भावी योजना र नेपालको भविष्य उज्जल पार्ने खालको निती र नेतृत्व लिनुपर्ने समय आएको छ । यो महाधिवेशनवाट नेतृत्वमा जान चाहाना राख्ने तीनैजना सभापती र अन्य पदका लागी ईच्छुक उम्मेदवारको पार्टी र मुलुकको हितमा महत्वपुर्ण पृष्ठभूमि रहेको हुदा यो महाधिवेशन निर्वाचन भन्दा पनी अर्घाखाँची जिल्लामा गरिए जस्तै सहमतीय आधारमा नेतृत्व चयन गर्न सकिने हो भने निर्वाचन प्रक्रियामा हार्ने र जित्ने विचको तिक्तता हुने थिएन । प्रजातान्त्रिक पद्धतिको पक्षधर नेपाली कांग्रेस व्यावहारिकता भन्दा सिद्धान्तको वढी नै विश्वास गर्ने हठमा रहेकै कारण यस पटक प्रधीनमन्त्रीको उम्मेदवार दिएका शुसिल कोईराले ठुलो हार स्वीकार गर्दै हारकै विचमा देहावसान हुनु पर्यो ।
आ-आफ्नो तवरले सिद्धान्त जसरी लादेता पनी एक्काईसौ शताब्दिको निर्वाचन प्रणाली सत्य र यथार्थवादी राजनेताले भन्दा पहुँचवाला,धन सम्पत्तिको वितरण र गुण्डागर्दीको आधारमा जित निश्चित गर्ने अस्त्र नै वनेको छ । निर्वाचनमा धन र वल प्रयोग गर्दा समेत हार स्वीकार गर्नु परेमा वैकल्पिक शक्तीको सदस्यता लिने,पार्टी संगठनभित्र नै असहयोगी भुमीका निर्वाह गर्ने क्रियाकलापमा केन्द्रित हुदा यो महाधिवेशन निर्वाचनको विकल्प सहमतीय प्रणालीमा निती र नेतृत्व छनौट गर्नमा सफस होस यही कामना छ ।
(लेखक – नेपाली समाज र राष्ट्रियताको सवालमा पृथक विचारधाराको परिचय स्वतन्त्र पत्रकार डिआरजी सुमन हो ।)