बसन्त श्रेष्ठ ‘छापेली’
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नरपानीमा निजी कार दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ ।
निजी कार दुर्घटना हुँदा कारका चालक सन्धिखर्क डिभर्नाका ५८ बर्षीय लोक प्रसाद श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो। श्रेष्ठ रुपन्देहीको सालझण्डीमा बसोवास गर्दै आएका थिए। सन्धिखर्क नगरपालिका वडा नम्बर ७ नरपानीको रातामाटामा (नरपानी र घुम्तीको विचमा) लु १ च ५९४७ नम्बरको कार दुर्घट्ना भएको थियो ।
दुर्घटनामा डिर्भना मै घर भई हाल वाँसगढी-९, रुपन्देही वस्दै आएका ६१ वर्षका प्रेम बहादुर श्रेष्ठ गम्भिर घाईते भएका छन् । घाईते प्रेम बहादुर श्रेष्ठको टाउको साथै दाईने खुट्टामा गम्भिर चोट लागेकाले उपचारको लागि बुटवल लगिएको छ ।
गाडी सडकबाट करिव सातसय मिटर तल खसेको छ। दुर्घट्नाको कारण अहिले सम्म खुल्न सकेको छैन ।
पछिल्लो समय जिल्लामा सवारीको दुर्घट्नाको दर बढेको छ ।
तस्बिरहरु: प्रेम खडकाबाट