बाबु रोका मगर
दिल्ली भारत
साँच्चै भन्नु पर्दा आफुले आफुलाई धिक्कार्न मन लाग्छ
तर यथार्थ यहि नै हो सत्य सबैलाई तितो लाग्छ ।
ल हेर अब त्यो शिखर चुम्दै छ यसलाई चुम्न दिनु हदैन बैठक बस्छ
आफु त केहि गर्दैन अरुले गरेको काम बिगार्न सबभन्दा पहिले अघि सर्छ।
पैसा र रक्सीमा आफुलाई बेच्नेले पनि संसारकै हिरो आफुलाई ठान्ने
सहि के हो गलत के हो छुट्याउन नसक्नेलाई पनि देउता मान्ने ।
आखिर त्यस्तो गर्ने नहुने कार्य के नै गरियो र खै
आरोप प्रतिआरोपमा पिरोलिन पर्ने कहाँ गल्ति भएछ खै ।
अचम्म लाग्छ यो समाजका मान्छेहरु देखेर चलचित्रको दृश्य झैँ ।
मैले त्यस्तो काम गर्ने रहेछु जो कामले मेरा बिरोधिहरुको मन जल्ने रहेछ
तर मैले जोकाम गर्ने गरेको छु त्यो कामले अन्धकारमा उज्यालो छर्ने छ ।
मैले आफुले आफुलाई गर्व गर्ने छु एक दिन पक्कै मर्ने हो राम्रो काम गरेरै मर्नेछु ।
आज थाहा हुदै छ ति जल्नेहरुलाई एकै पटकमा खरानी बनाउनुपर्ने रहेछ
ताकि पटक पटक जलाउन नपरोस यहि त मेरो ठुलो गल्ति भएछ ।