सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । जिल्ला प्रहरी अर्घाखाँचीले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लागू औषध गाँजा नष्ट गरेको छ।
प्रहरी कार्यालय परिसरमा जलाएर नष्ट गरिएको गाँजा सन्धिखर्कको एक होटलबाट बरामद गरेको हो । नष्ट गरिएको गाँजा १ किलो ३०० ग्राम बराबर रहेको छ ।
प्रहरीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएको बताइएको छ ।