अर्घाखाँची आवसिय उमाविमा विदाई कार्यक्रम सम्पन्न ! मरेङको सरस्वती उमावि सूर्यथुममा विदाई कार्यक्रम सम्पन्न (फोटो फिचर)

पहिलो प्रकासित मिती: २०७२ फाल्गुन २८, शुक्रवार
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित पुरानो अर्घाखाँची आवसिय उच्च माध्यमिक विद्यालयमा विदाई कार्यक्रम सम्पन्न भएको छ । 
आयोजक कक्षा ९ मा अध्ययनरत विधार्थीहरुले एस.एल.सी दिएर जाने जाने विधार्थीहरुलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा 
प्रमुख अतिथि  विद्यालय निरीक्षक चोपलाल बेल्बसे, विशेष अतिथि-वि. ब्य.स. अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, अध्यक्षता लेखनथ पन्थी , कक्षा ९
सन्चालन जीवन खनाल, कक्षा ९, स्वागत भाषण आस्मिता भुसल, कक्षा ९, विधाइ मन्तव्य : महेश खनाल,कक्षा ९, धन्न्यवाद मन्तव्य : दिनेश भुसाल कक्षा १०, शुभकामना मन्तव्य  प्रमुख अतिथी चोपलाल बेल्बसे, वि.ब्य.स. अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ , प्राचार्य श्रीकृष्ण भुसाल, सहायक प्राचार्य चोपनारायण बन्जाडे, वरिष्ठ शिक्षक इन्द्र बहादुर क्षेत्री लगायत रहेका थिए । 
यस्तै विदाई कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुले विषेश सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थिए । कार्यक्रमको अन्त्यमा कक्षा १० का विद्यार्थीहरुद्वारा शिक्षक इन्द्रबहादुर क्षेत्रीलाई उत्कृष्ट शिक्षकको उपाधीबाट सम्मान गरिएको थियो ।    

पहिलो प्रकासित मिती: २०७२ फाल्गुन २७, विहिबार 


मरेङको श्री सरस्वती उमावि सूर्यथुममा विदाई कार्यक्रम सम्पन्न
मरेङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको मरेङ -७ स्थित श्री सरस्वती उमावि सूर्यथुममा विदाई कार्यक्रम सम्पन्न भएको छ । 
कक्षा १० का विद्यार्थीलाई सफलताको शुभकामनासहित कक्षा ९ का विधार्थीहरुले विदाइ कार्यक्रमको आयोजना गरेका हुन । 
 

अन्य समाचारहरु