अचम्म ! अर्घाखाँचीको बल्कोटमा एउटा गाई ब्याएको ८ वर्ष देखि निरन्तर दूध दिदै

बल्कोट, अर्घाखाँची (अर्घाखाँची डट्कम) । एउटा गाई ब्याएको कति वर्षसम्म दूध दिन्छ ? सहजै पाईने जवाफ हो एकदेखि दुई वर्षसम्म । तर, अर्घाखाँची जिल्लाको बल्कोटमा एउटा गाई ब्याएको ८ वर्षसम्म् पनि निरन्तर दूध दिइरहेको छ । 
कालीगाई । तस्बिर: केशव पन्थी, अर्घाखाँचीडट्कम
बल्कोट गाबिस वार्ड नम्बर २ जोरपोखराका लाल बहादुर पन्थीको १३, १४ वर्ष उमेरको “काली” नामको गाईले ८ वर्षदेखि निरन्तर दूध दिइरहेको हो । ‘८ वषैदेखि ब्याएको पनि छैन, दूध पनि निरन्तर दिइरहेको छ’, गाईले बिहान-बेलुका नै दूध दिइरहेको र दूध दिदै आएको स्थानिय केशव पन्थीले अर्घाखाँची डट्कमलाई भने । 
जर्सी जातको यो गाईले बिहान २ लिटर, साँझ २ लिटर नियमित दिने गरेको छ । “काली” गाईले केटाकेटी गए पनि सजिलै दुहुन दिन्छ । गाईको दूध अरु गाईको भन्दा बाक्लो छ । लाल बहादुर पन्थीले शुरुमा काली गाईलाई बल्कोटको गाउँ मै किनेका थिए ।  
काली गाईलाई हेर्न स्थानियहरुको भिड लाग्ने गरेको छ । मानिसहरु आशर्य मान्दै  ‘यस्तो गाई हुन्छ भनेर त हामीले सुनेकै थिएनौं,  भन्ने गर्द्छन । 

अन्य समाचारहरु