हिन्दु जागरण युवा संघ नेपाल अर्घाखाँचीको जनभेला तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कको शान्तिबगैचामा सम्पन्न

दिपेन्द्र श्रेष्ठ 

सन्धिखर्क, अर्घाखाँची । आयातित धर्म बहिस्कार गरौ ! सनातन धर्म रक्षा गरौ !! धर्म परिवर्तन गर्ने र गराउने विरुद्ध एक जुट बनौ !!! धर्मको रक्षा हाम्रो अभियान, अखण्ड नेपाल हाम्रो पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै फाल्गुण १५ गते गठन गरिएको हिन्दु जागरण युवा संघ जिल्ला कार्यसमिति अर्घाखाँचीको  हिन्दु धर्म विशेष पहिलो चरणको धार्मिक जनभेला तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कको शान्तिबगैचामा सम्पन्न भएको छ।
बिहानैदेखि अर्घाखाँची जिल्ला सदरमुकाम संदिखर्क भ्यालीमा माइकिंग तथा पर्चा वितरण सुरु गरि दिउसो १ बजे बाट अन्तरक्रिया कार्यक्रम सुरु गरिएको थियो ।
हिन्दु जागरण युवा संघ केन्द्रीय अध्यक्ष पदम कुवर को अध्यक्षता रहेको सो  कार्यक्रममा जिल्ला कार्य समितिका  संयोजक दिपेन्द्र श्रेष्ठले संगठनिक प्रतिबेदन र योजना प्रस्तुत  गर्नु भएको थियो।
उक्त कार्यक्रममा बोल्दै हिन्दु जागरण युवा संघ नेपाका अधक्ष पदम कुवरले  नेपालमा रहने सबै धर्मावलम्बीहरुले आ आफ्नो रिति रिवाज सस्कृति अनुशार स्वतन्त्र भइ रहन पाउनु पर्ने  तर कुनै पनि धर्मावलम्बीहरुले  अरुलाई बिभिन्न लोभ लालच देखाई धर्म परिवर्तन गराउने  र  धर्मको ब्यापार  गर्न नपाइने कुरामा जोड दिनुभएको  थियो ।
संघठनको भाबि योजना र जिल्लामा गरिने धार्मिक आध्यात्मिक कार्यहरुलाइ कसरि प्रभाबकारी बनाउन सकिन्छ भन्ने बिषयमा राखिएको अन्तरक्रिया कार्यक्रममा शिक्षक,बुद्धिजिबी,समाजसेबी,राजनीतिक पार्टीका प्रतिनिधिहरु ,बिभिन्न संचारकर्मी पत्रकार हरुको बाक्लो जनासहभागिता रहेको  थियो ।
यसै क्रममा जिल्ला संयोजक श्रेष्ठले आफ्नो सनातन हिन्दु धर्म ,मौलिक धर्म संस्कार र संस्कृति को संरक्षण गर्नको लागि सम्पूर्ण हिन्दुधर्मालम्बिहरुले आफ्नो ठाउबाट जागुरुप भइ अघि बढन पनि अनुरोध गर्नु भयो र आफू पनि भौतिक, आर्थिक र नैतिक रुपमा लागि पर्ने बताउदै यस धार्मिक कार्यमा बिशेस सहयोग  गर्ने  जिल्ला कार्य समितिका महासचिब अनमोल राक्से मगर ,केन्द्रीय महासचिब युनिक कमल क्षेत्री लगाएतका नेपालि  प्रवाशी सहयोगी हरुलाइ सम्झिदै धन्याबाद  ज्ञापन गर्नुभएको  थियो।
जिल्ला कार्यसमिति का सचिब धनीश्वर पाण्डेको संचालन रहेको  उक्त कार्यक्रमको बिशर्जन केन्द्रीय सदस्य प्रदिप खनालले गर्नु भएको थियो।

अन्य समाचारहरु