सूचनाको हक र सार्वजनिक निकायको दायित्व शिर्षकमा अनुभव आदानप्रदान कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क, अर्घाखाँची । सूचना तथा सुशासन अभियान, सिआईजीले आज जिल्ला विकास समितिको कार्यालय अर्घाखाँचीमा सूचनाको हक र सार्वजनिक निकायको दायित्व शिर्षकमा अनुभव आदानप्रदान कार्यक्रम सन्धिखर्कमा सम्पन्न गरेको छ । 

कार्यक्रममा मनत्ब्य राख्नु हुदै स्थानिय विकास अधिकारी लक्ष्मी पाण्डेय गौतमले कर्मचारी सदैव नागरिकको सेवक भएको कारण कानुनद्धारा गोप्य राख्नु पर्ने सूचना वाहेक सबै सूचनाहरु सार्वजनिक गर्न सहभागी सचिवहरुलाई निर्देशन दिनु हुदैं सिआईजी अभियानको खुलेर प्रसंशा गर्नु भएको थियो । 
सिआईजीका अध्यक्ष तथा पत्रकार मुक्ति नाथ भुसालले बिषयवस्तु सम्वन्धमा भिजुअल मार्फत जानकारी गराउँदै गर्दा सूचना मागकर्ता सूचना माग्न मुलगेटमा आएको नरुचाएपनि स्वही सूचना झयालबाट फुत्किएको अनुभव सहभागीहरुलाई जानकारी गराउँनु भएको थियो । 
स्थानिय विकास अधिकारी गौतमको अध्यक्षता, जिविस सूचना अधिकारी नेत्र खनालको सन्चालन, कार्यक्रम अधिकृत हरिषचन्द्र भुसाल, लेखा अधिकृत खिम प्रसाद अर्याल, नासु कमल प्रसाद पोख्रेल, सिआईजी सदस्य तथा नयाँ एफ एमका म्यानेजर हरि प्रसाद भुसाल र अर्घाखाँची जिल्लामा रहेका ३५ वटा गाविस मध्ये २६ वटा गाविसका सचिवहरुको सहभागिता रहेको सो कार्यक्रममा सहभागी सबै सचिवहरुलाई आ आफनो कार्यालयमा नागरिकले देख्ने गरि राख्ने लिखित शर्तमा सूचनाको हक सम्वन्धि होडिङ्ग बोर्ड तथा ऐन नियमका संगालोहरु हस्तान्त्रररण गरिएको थियो । 
अनुपस्थीत गाविसका लागि ति सामाग्रीहरु जिविसका सूचना अधिकारी खनाललाई सुम्पिएको र सहभागी सचिवहरुले आ आफनो गाविसमा सूचना अधिकारीको नाम सार्वजनिक गरि सूचनाको हकलाई कार्यान्वय गर्ने सन्द्रर्भमा आफुहरुबाट कन्जुस्याई नहुने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सिआईजीबाट