सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । आफैसँग भएकोे ज्ञानलाई ब्यवहारमा उतार्न नसक्दा नेपालीहरुको स्वास्थ्य जोखिममा आफैसँग भएकोे ज्ञानलाई ब्यवहारमा उतार्न नसक्दा नेपालीहरुको स्वास्थ्य जोखिममा पर्नेगरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनिकरण सम्बन्धि अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
गर्भवती र सुत्केरी अबस्थामा पोषिलो खानाको साथमा आरामको जरुरत पर्छ, सुत्केरी गराउँदा स्वास्थ्य सँस्थामै लैजानुपर्छ भन्नेकुराको ज्ञान हँदाहदैपनि बेवास्ता गरी भारी काम गर्ने,सन्तुलित भोजन नगर्ने र सुत्केरी हुनेबेलामा ध्यान नदिएकै कारण बर्षेनी नेपालमा थुप्रै महिलाको पाठेघर खस्ने र गर्भवती एवम् सुत्करी महिलाको ज्यान समेत जाने गरको हुनाले यसलाई रोकथाम तथा न्यूनिकरण गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको पाठेघर खस्ने समस्या अन्तरक्रियामा विभिन्न संघ- संस्था, पत्रकार एवम सरोकारवालाको उपस्थिती रहेको थियो ।