अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । अनेरास्ववियु जनज्योति उच्च मावि प्रारम्भिक कमिटीले सन्धिखर्क नगरपालिका उच्च मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा युवा वर्ष जनता रविचित्र उच्च मावि प्रथम, जनज्योति उच्च मावि चुत्रावेशी द्वितिय र पाणिनि वहुमुखी क्याम्पस सन्धिखर्क तृतिय भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई २ हजार द्वितियलाई १६ सय तृतियलाई १३ सय र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सन्धिखर्क नगरपालिका भित्रका उच्च माविले भाग लिएका थिए । प्रतियोतिको एक कार्यक्रमका बीच नेकपा एमालेका जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरेले मैनवत्ति प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै गैरेले अनेरास्ववियुलाई यस्तै रचनात्मक क्रियाकपालको आयोजना गर्दै छुट्टै पहिचान स्थापित गर्न सुझाव दिए । उनले विद्यार्थीले पढाइका साथ-साथै राजनीतिक ज्ञान पनि लिनु पर्ने बताए । कार्यक्रमका एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज लिलबहादुर विक, युवा संघका जिल्ला अध्यक्ष गोविन्द आचार्य, अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रदिप नेपाली लगायतले बोलेका थिए ।
कार्यक्रम अनेरास्ववियु जनज्योति प्राक कमिटीका अध्यक्ष ताराबहादुर कुवँरको अध्यक्षता, टुक बहादुर वलीको स्वागत मन्तव्य र सचिव दिपचन्द्र भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।