मुस्लिम बाहुल्य राष्ट्र पाकिस्तानमा हिन्दुहरुको महान पर्व होलीका अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दुहरुका लागि होलीका अवसरमा बिदा दिने निर्णय गरिएको हो ।
प्रान्तीय सरकारका प्रवक्ताले होलीमा हिन्दु धर्मावलम्बीलाई सार्वजनिक बिदा दिइने निर्णय भएको जानकारी दिए ।
पाकिस्तानको कुनै भूभागमा हिन्दुहरुको पर्वमा बिदा दिने निर्णय पहिलो पटक भएको हो । (एजेन्सी)