इजिप्टमा इस्लामिक अतिवादी संगठन आइएसले गरेको मोर्टार आक्रमणमा १३ जना मारिएका छन् ।
इजिप्टको सिनाई प्रायद्वीपमा रहेको सुरक्षा जाँच केन्द्र नजिक गरिएको आक्रमणबाट सीमा सुरक्षा जाँच केन्द्र पूर्ण रुपमा ध्वस्त भएको छ ।
सन् २०१३ मा मोहमद मोर्सीले सत्ता सम्हालेपछि सयौं सुरक्षाकर्मी आतंकवादको शिकार बनेका छन् । यसैबीच इजिप्टेली सेनाको कारवाहीमा विस्फोटक पदार्थ बोकेका पाँच जना पनि मारिएका छन् ।
विस्फोटामा परी सुरक्षा केन्द्रको पार्किङमा राखिएका दर्जनौ सवारी साधन जलेर नष्ट भएका छन् । (एजेन्सी)