बेल्जियमको ब्रसेल्स विमानस्थल र मेट्रो स्टेशनमा शक्तिशाली विस्फोट, कयौको मृत्यु
चैत्र ९ गते, २०७२ मा प्रकाशित
बेल्जियमको राजधानी ब्रसेल्सस्थित जाभिन्टेम विमानस्थल र मेट्रो रेलसेवामा मंगलबार आत्मघाती विस्फोट हुँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । घटनामा थुप्रै मानिस घाइते भएका छन् ।
सुरुमा विमानस्थलको अमेरिकन एअरलाइन्सको काउन्टरनजिक दुईओटा विस्फोट भएको थियो । त्यहाँ १३ जनाको मृत्यु भएको छ । विस्फोटपछि विमानस्थल खाली गरेर बन्द गराइएको छ ।
विमानस्थलमा भएको विस्फोटको करिब एक घन्टापछि मेट्रो रेलसेवामा गराइएको विस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ ।
विस्फोटलगत्तै अर्को सूचना जारी नभएसम्म रेल सेवा पनि बन्द गरिएको छ । विस्फोटपछि ब्रसेल्सको मेट्रो रेलसेवा पनि अवरुद्ध भएको छ ।
पेरिस आक्रमणका मुख्य आरोपी सलाह अब्देस्लाम ब्रसेल्समा पक्राउ परेको चार दिनपछि यी विस्फोट भएका हुन् ।
बेल्जियमले अहिले आतंकको खतरालाई उच्च तहमा राखेर सर्तकता अपनाएको बताइएको छ । (एजेन्सी)
बेल्जियमको राजधानी ब्रसेल्सस्थित जाभिन्टेम विमानस्थलमा मंगलबार दुई वटा शक्तिशाली विस्फोट भएको छ ।
विस्फोटमा कम्तिमा १३ जनाको मृत्यु र दर्जनौं व्यक्ति घाइते भएका छन् ।
बेल्जियमको राजधानी ब्रसेल्सको मेट्रो स्टेशनमा अर्को बिस्फोट भएको छ। बेल्जियमकाे प्रशारण संस्था आरटिबिएफलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले युरोपियन युनियनकाे मुख्यालय नजिकको मालबिक मेट्रो स्टेशनमा बिस्फोट भएको जनाएको छ।
अमेरिकन एअरलाइन्सको काउन्टरनजिक विस्फोट भएको बताइएको छ । विस्फोटपछि विमानस्थल खाली गरेर बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।
पेरिस आक्रमणका मुख्य आरोपी सलाह अब्देस्लाम ब्रसेल्समा पक्राउ परेको चार दिनपछि यो विस्फोट भएको हो ।
बेल्जियमले अहिले आतंकको खतरालाई उच्च तहमा राखेर सर्तकता अपनाइएको बताइएको छ । (एजेन्सी)