भिडियो-तस्बिरमा: अर्घाखाँचीमा रङैरङको पर्व फागू पूर्णिमा होली
चैत्र ९ गते, २०७२ मा प्रकाशित
सन्धिखर्कमा रङैरङको पर्व फागू पूर्णिमा होली ।
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । रङैरङको पर्व फागू पूर्णिमा होली अर्घाखाँची जिल्लाभर हर्षोल्लासका साथ मनाईएको छ ।
सन्धिखर्क, चुत्राबेशीबजारमा विभिन्न संघ, संस्थाले होली कार्यक्रमको आयोजना गरेका थिए । बाजागाज सहित बजारमा रंगको यस पर्वमा युवा युवतीदेखि सबै उमेर समूहका व्यक्ति सहभागी थिए । गाउँ गाउँमा जताततै समुह समुहमा होली खेलेका छन् ।
बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको फागु पर्व अर्थात हाली धुमधामका साथ मनाइन्छ ।
धार्मिक मान्यताअनुसार, दैत्यराज हिरण्यकश्यपुले आफ्ना छोरा प्रह्लादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए । तर आगोमा होलिका आफैं भष्म भइन् बिष्णुभक्त प्रह्लादलाई आगोले छोएन । त्यसै बेलादेखि हिन्दु धर्मावलम्बीहरु आसुरी शक्तिमाथि ईश्वरी शक्तिको विजयका रुपमा यो पर्व मनाउने गर्दछन् ।
राम्रो तरिकाले तयार पारिएका रंग र अबिर खेल्दा छालाको रोग समेत निको हुने आयुर्बेदमा उल्लेख छ ।
अर्घाखाँचीको सुवर्णखालमा
माथिका तस्बिरहरु: ईमेलबाट प्राप्त, फेसबूकबाट लिएको हो ।