सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । आन्तरिक पर्यटन प्रबर्द्धन सम्बन्धि अन्तरकृया कार्यक्रम अाज सन्धिखर्कमा सम्पन्न भएको छ ।
लुम्विनी र आसपासका पर्यटकीय गन्तव्यको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ फार्म ट्रिपमा रहेको सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो-नेपाल) को समूह लुम्बिनी, पाल्पा हुँदै गुल्मीको रिडी-रेसुङगा हुँदै अर्घाखाँची पुगेको छ ।
चैत्र ५ गते देखि चैत्र १२ सम्म सन्चालित आन्तरिक पर्यटन प्रबर्द्धन सम्बन्धि सन्धिखर्कमा भएको कार्यक्रममा जिल्लाका कार्यालय प्रमुख, सम्बन्धित पर्यटन क्षेत्र, राजनीतिक दल एवम सन्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
चैत ५ देखि सुरु भएको फार्म ट्रिपको शिलशिलामा पर्यटन व्यवसायी र पत्रकारहरुको समूह भैरहवाको लुम्बिनी, पाल्पाको सदरमुकाम तानसेन, गुल्मीको रिडी हुँदै अर्घाखाँचीको सन्धिखर्क पुगेको हो।
लुम्बिनी आसपासका गन्तव्यको आन्तरिक/बाह्य पर्यटन प्रबद्र्धन र त्यस क्षेत्रका पर्यटन व्यवसायी र सरोकार पक्षलाई पर्यटनको विकास गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्दै फार्म ट्रिपमा सोट्टो स्थानीय स्तरका पर्यटन व्यवसायीहरुलाई अन्तक्रियामार्फत झकझक्याउने कार्य गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापाले पर्यटन प्रबद्र्धन गर्न ठोसरुपमा कार्य गर्न स्थानीय पर्यटन व्यवसायीलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले संख्यात्मक भन्दापनि गुणात्मक पर्यटक भित्र्याउने कार्यमा सबै दत्तचित्त भएर लाग्नुपर्ने धारणा राखेका थिए ।
सोट्टो नेपालले हरेक वर्ष आन्तरिक पर्यटन प्रबद्र्धन र गन्तव्यको बजारीकरणका लागि यस किसिमको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।