मृत्युको डर (कविता)

राकेश कार्की, इन्जिनियर
लस एन्जेलस
मृत्युको डर उसलाई
थाहाछैन मरेपछि के हुन्छ
पाप कर्मले नरक पुगिन्छ कि ?
मृत्यु पछि स्वर्ग पुग्ने भए
चरम मोजमस्ती हुने भए
तिमी अरुलाई मार्दैनथ्यौ
मृत्युको कारण बन्दैनथ्यौ
प्रत्येक पल मरि मरि
तिमी अरुलाई बचाउथ्यौ
हातमा रेखा कोरि कोरि
खड्गो आफैलाई पार्थ्यौ
ग्रहदशा आफ्नै बिगार्थ्यौ
भविष्यको चिन्ता गर्दैनथ्यौ
कमान्डो फोर्स चाहिन्नथ्यो
न्यायालय पनि चाहिन्नथ्यो
अरूलाई दु:ख्दा हाँस्दैनथ्यौ
बरू आफैलाई दु:ख्दा हाँस्थ्यौ
मरि मरि हाँस्थ्यौ
यमराजलाई पुकारि पुकारि हाँस्थ्यौ ।