अर्घा, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका – १२ अर्घा स्थित राजुपानीमा खानेपानी टंकी निर्माण कार्यको शुरुवात गरिएको छ ।
राजुपानी निर्माण हुन थालेको खानेपानी टंकी ५ घनमिटरकाे हुनेछ । फागु पुर्णिमा हाेलीकाे दिनको अवसर पारेर टंकी निर्माणको शुभराम्भ गरिएको हो ।
अर्घाका स्थानियले वर्षौ देखि खानेपानीको समस्या भोगै अाएता पनि पछिल्लो समय खानेपानी याेजनाहरु गाउँ-गाउँमा विस्तार हुँदै जाँदा सहज भएको छ ।
तस्बिर: ठकुर बिकबाट, अर्घाखाँचीडट्कम