त्रिबेणी सहकारी चुत्राबेसीको बैठक सम्पन्न

प्रेम आचार्य
चुत्राबेसी, अर्घाखाँची १३ चैत । त्रिबेणी बचत तथा रिण सहकारी सस्था चुत्राबेसीको बैठक सहकारीको सभा कक्षमा शनिवार सम्पन्न भएको छ । 
बैठकले आउदै गरेको २०७३ सालको बार्षिक क्यालेन्डर प्रकासित गर्ने, सहकारी दिबसको अबसरमा चैत २० गते सन्धिखर्क र चुत्राबेसीमा रहेका बागी खोला, घोचेखोला र भद्री खोलाको सरसफाई गर्ने जस्ता निर्णय गरेको छ । 
बैठक सहकारीका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेको अध्यक्षता र सचिब तुल्सी खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु