सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँची डट्कम ) । अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा प्रभु येशु ख्रीष्टको पुनरुत्थानको सम्झना गर्दै इसाई धर्मावलम्बीहरुको इष्टर सन्डेको अवसरमा एक कार्यक्रम सम्पन्न भएको छ ।
अस्पताल परिसर भित्र नै आयोजना गरिएको उक्त भेलामा दर्जनौ बढी इसाईहरूको उपस्थित रहेको थियो । भेलामा मा येशू मृत्युबाट पुनरुत्थान हुनुभएको लेखिएका व्यानर थियो । उक्त भेलाको आयोजना सन्धिखर्क सु-समाचार प्रचार मण्डली, सन्धिखर्क नगरपालिका – १ लदाम अर्घाखाँचीले गरेको हो । अस्पताल परिसर भित्र नै क्रिश्चियन धर्मावलम्बीहरुको कार्यक्रम हुँदा स्थानियबासीले समेत चिन्ता व्यक्त गरेका छन् ।
पास्टर एवम प्रतिनिधित्वहरुले इष्टर महोत्सवको शुभकामना सन्देश तथा परमेश्वरको वचनबाट येशू पुनरुत्थान भएको कुरा धर्मशास्त्र बाइबलबाट वचनका साथै प्रार्थना समेत गरेका थिए । उनिहरुले परमेश्वरको वचन धर्मशास्त्रबाट इष्टर सन्डेको बारेमा बोलेका थिए ।
अर्घाखाँचीमा पनि इसाई धर्मको विस्तार भइरहेको देखिन्छ । अहिले सम्म जिल्लामा चर्च भने छैन ।
नेपाल धर्मनिरपेक्ष भएपछि इसाईहरू धेरै बढेको अनुमान गरिएको छ । हिन्दु र बौद्धमार्गीको बाहुल्यता रहेको नेपालमा इसाई धर्मको विस्तार हालैका वर्षहरूमा तीव्र भएको हो। हिन्दु धर्मावलम्बीलाई विभिन्न प्रलोभन देखाई धर्मपरिवर्तन गराउने काम भइरहेको भन्दै त्यसको विरोध पनि भएका देखिन्छन । नेपालमा क्रिश्चियन धर्मावलम्बीहरुको सन्ख्या कुल जनसन्ख्याको १.४५ प्रतिशत रहेको छ ।
नेपालमा इसाई धर्म अँगाल्ने धेरैजसो पहाडी मूलका जनजाति र दलित तथा तराई मूलका जनजाति भेटिएका छन् । नेपालमा क्रिसमस पर्वको अवसरमा सरकारले सार्वजनिक विदा नै दिदै आएको छ ।
तस्बिर: प्रेम खडका, अर्घाखाँचीडट्कम