अर्घाखाँची सम्पर्क समिति रस अल खैमाह युएईको बनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

दुबई , युएई (अर्घाखाँची डट्कम) । अर्घाखाँची सम्पर्क समिति रस अल खैमाह क्षेत्रिय समिति युएईको बनभोज (पिकनिक) तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
रस अल खैमाह क्षेत्रिय समितिद्वारा जबेल जेस माउन्टेनमा २५ मार्चमा आयोजना गरेको बनभोज कार्यक्रममा अर्घाखाँची सम्पर्क समितीका अध्यक्ष राजु खड्काका साथै दुबई क्षेत्रिय समितीका अध्यक्ष जेपि पोख्रेल, रास अल खिमाका अध्यक्ष टामलाल पाण्डे, कोषाध्यक्ष भुवन गैरे, उपाध्यक्ष गुन्ज बस्नेत, सल्लाहकार मुमलाल पाण्डे, सचिब राज जि एम,  सकृय सदस्यहरु, बिबस, माधव भुसाल, दामोदर खनाल, निलम पुन, तोमलाल, सम्झना पाण्डे, जनार्धन, रेसम लगायतको उपस्थित रहेको थियो । 
उक्त कार्यक्रमको मुल उदेश्य हरेक सुख दु:खमा समन्य गर्दै अघी बढनको लागि सम्पूर्ण संस्थाहरु बिच परिचय, आपसी मेलमिलाप, बिचारहरु को अदानप्रदान सँगै छुट्टी को समयलाई एकताका साथ अघी बढनु पर्छ भन्ने भावनाको बिकास गर्ने रहेको थियो । 
बनभोज कार्यक्रममा सास्कृतिक प्रस्तुतिका साथै अध्यक्ष राजु खड्का एवम अन्य बोल्ने वक्ताले जिल्ला एवम युएईमा भएका अर्घाखाँचीबासीका गतिविधीको बारेमा चर्चा गरेका थिए ।  
स्मरण रहोस्,  विश्वभर अर्घाखाँचीवासीका सम्पर्क समिति गठन भई प्रभावकारी काम गर्न नसकेको र विलयको अवस्थ्या पुगेको बेला अर्घाखाँची सम्पर्क समिति युएई भने आफ्नो निरन्तर समिति गठन विस्तार गर्दै यहाँ भएका अन्य संघ- संस्थाको तुलनामा बढी चर्चा भएको देखिन्छ ।  
तस्बिरहरु: अर्घाखाँची सम्पर्क समितिबाट, अर्घाखाँचीडट्कम