सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
मंगलवार विहान सन्धिखर्कको शान्ती बगैँचा चोकमा जम्मा भएका पत्रकारहरुले एक आपसमा अविर लगाई शुभकामना आदानप्रदान समेत गरेका थिए ।
स्थापना दिवसका अवसरमा महासंघ जिल्ला समितिले सन्धिखर्कमा आयोजना गरेको कार्यक्रममा अर्घाखाँची शाखाका अध्यक्ष शोभाखर पन्थीले विगतको गौरवलाई स्मरण गर्दै महासंघले श्रमजीवी पत्रकारको हकहित, पेशागत तथा भौतिक सुरक्षा लगायतका बारेमा चर्चा गरेका थिए ।
तस्बिर: श्याम घिमिरे र बसन्त श्रेष्ठबाट