अर्घाखाँची जिल्लामा २०७२ सालको एस.एल.सी. परीक्षाको लागि कायम गरिएका केन्द्र, केन्द्राध्यक्ष र विद्यार्थी विवरण ।
सन्धिखर्क, अर्घखन्ची ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लामा यही चैत १८ गतेबाट सुरु हुने यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको सबै तयारी पूरा भएको छ ।
सन्धिखर्कमा अायाेजित पत्रकार सम्मेलनमा मनतब्य राख्दै अर्घाखाँचीका जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले सोको जानकारी दिएका थिए ।
अर्घाखाँचीका जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली र सहायक जि.सि.अ. लिला राउत एसएलसी परीक्षाको तयारी पूरा भएको जानकारी गराउदै
अर्घाखाँचीमा यसपटक एसएलसी परीक्षामा ४ हजार ८ सय ७७ जनाले सहभागिता जनाउँदै छन् ।
यसै वर्षदेखि एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीमा सार्वजनिक हुनेछ । जिल्ला शिक्षा अधिकारीका अनुसार ‘ए प्लस’ देखि ‘ई’सम्म ९ ओटा ग्रेडमा विद्यार्थीको मूल्यांकन गरिनेछ ।