अर्घाखाँचीमा एस.एल.सीको पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न, कहाँ कस्तो भयो (फोटो फिचर)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) – अर्घाखाँची जिल्लाका १७ वटा केन्द्रमा यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सामान्यतया शान्तिपुर्ण र मर्यादित तरिकाले सम्पन्न भएको छ। 

कमला उच्च मा बि पाली  केन्द्र्मा एस.एल.सी
राजु खनाल, अर्घाखाँचीडट्कम

आज बाट सुरु भएको एस एल सी परिक्षा अन्तर्गत कमला उच्च मा बि पाली  केन्द्र्मा अर्घाखाँची मा कृष्ण मा बि ढाड,भानु मा बि मैदान ,हरिहर सस्कृत मा बि पोखराथोक ,धातिबाङ्ग मा बि धातिबाङ ,शिवमदन उच्च मा बि सतिनेटा अड्गुरीबाट नियमित तर्फ १८८ आंशिक तर्फबाट ८४ गरि जम्मा २७२ बिध्यार्थी ले परीक्षा दिएका छन भने आंशिक तर्फ का ७ जना बिध्यार्थी अनुपस्थित रहेको केन्द्राध्यक्ष गोबिन्द पन्थी ले जानकारी गराउनु भयो । परिक्षा शान्तिपुर्ण र मर्यादित  तरिकाले सम्पन्न भएको छ ।

प्रेम आचार्य


मरेङ स्थित सरस्वती उ.मा.वि. सूर्यथुम केन्द्रमा एस.एल.सी
अर्घाखाँचीडट्कम
मरेङ स्थित सरस्वती उ.मा.वि. सूर्यथुम केन्द्रमा यस वर्षको एस.एल.सी  परीक्षाको आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा स्वच्छ एवम् मर्यादित किसिमले  सम्पन्न भएको छ। परीक्षाको जिशिअ सुरेन्द्रराज पराजुली लगायत जिशिकाको टोलीले अनुगमन गरेको थियो । परीक्षामा जम्मा नियमिततर्फ २४३ र एक्जाम्टेडतर्फ १२८ गरी ३७१ जना उपस्थित थिए भने नियमिततर्फ २ र एक्जाम्टेडतर्फ ११ गरी १३ जना अनुपस्थित थिए । साथै एकजना काजकिरियासंगै एस.एल.सी दिएका थिए । 

डिल्लीराज घिमिरे,अर्घाखाँची डटकम्

हंसपुरको श्री सिदार्थ उच्च मावी केन्द्रमा एस.एल.सीको पहिलो दिन अङ्रेजी परिक्षा शान्तिपुर्ण र मर्यादित  तरिकाले सम्पन्न भएको छ । यस केन्द्रमा केन्द्राध्यक्ष नुदराज अधिकारी रहेका छन् । 

सन्धिखर्क स्थित अर्घाखाँची आवसिय उच्च मावि केन्द्रमा  एस.एल.सी
सन्धिखर्क स्थित पुरानो अर्घाखाँची आवसिय उच्च माध्यमिक विद्यालय केन्द्रमा पहिलो दिनको एस.एल.सीको अङ्रेजी परिक्षा शान्तिपुर्ण र मर्यादित  तरिकाले सम्पन्न भएको छ ।

अन्य समाचारहरु