अर्घाको रजस्थलमा कान्छी छोरीसंगै एसएलसी दिदै ३० बर्ष सरकारी सेवामा बिताएका ४९ बर्षिय डोलबहादुर

प्रेम आचार्य
अर्घा रजस्थल, अर्घाखाँची १८ चैत । ढाका टोपी ,अनि चस्मा लाएर बिद्यार्थीको माझ प्रवेशिका (एसएलसी) परिक्षामा सहभागी यी बिद्यार्थी हुन ४९ बर्षिय डोल बहादुर बस्नेत । 
 
यस अघि ६ पट्क सम्म एसएलसी दिएर असफल भए पनि हिम्मत नहार्ने ब्यक्ति डोल बहादुर अहिले सातौ पटक आफ्नै कान्छी छोरी अन्जु  बस्नेत संग एसएलसि दिईरहेका छन । 
सन्धिखर्क नगरपालिका वडा नं १२ रासिचौर निबासी बस्नेतले अर्घा रजस्थल माबि बाट एसएलसि परीक्षाको फाराम भरि युवा वर्ष रविचित्र माबिबाट एसएलसी परीक्षा दिदै छन । 
 इलाका स्वाथ्य चौकी रासिचौर अर्घामा परिचरको रूपमा झण्डै ३० बर्ष स्थायी रुपमा सरकारी सेवामा कार्यरत छन । एसएलसि पास नहुदा फाईल बढुवा नभएपछि उनी एसएलसि पास गर्ने दृढ अठोटका साथ परीक्षा दिईरहेको बताए । 
उनले जति बर्ष लाएर भए पनि एसएलसी पास गरि बढुवा भै छोडने अठोट का साथ परिक्षामा सहभागी भएको बताए । दुई छोरी र एक छोराका बुबा समेत रहेका बस्नेतका एक छोरा र छोरीले १२ कक्षा पास गरि सकेका छन । कान्छी छोरीले संगै एसएलसि दिदै छिन ।
 
एसएलसीपास भएमा स्वत फाईल बढुवा हुने र एसएलसी नभएका कारण रोकिएकोले आफु एसएलसी दिन बाध्य रहेको बताए । उनले गुल्मी बाट ४ पटक र अर्घाखाँचीबाट यो संगै ३ पटक एसएलसि दिदै छन । 
  जिल्लामा यस बर्ष १७ वटा परीक्षा केन्द्रमा नियमित र ईक्जामटेड तर्फ रहि ४८ सय ७७ जना बिद्यार्थीहरुले एसएलसी परीक्षा दिन थालेको जिल्ला शिक्षा कार्यलयका जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले बताउनु भयो । जसमा दुई हजार आठ सय ५१ जना छात्राहरु रहेका छन । 
छात्राहरुलाई छात्रहरुले प्रयोग गर्ने सौचालय प्रयोग गर्न अफ्टेरो र अड हुने भएकाले जिल्लाका १७ वटै केन्द्रमा छुट्टै सौचालयको ब्यबस्था गरिएको छ । नसबै केन्द्रहरुमा छात्राहरुलाई आबस्यक परेको खण्डमा सेनेटरी प्याडको समेत ब्यबस्था गरिएको छ । 
जिल्लामा यस बर्ष ६८ जनाले एसएलसीको परीक्षा दिन पाएका छैनन  ७५ प्रतिशत हाजिर नभएको कारण उनीहरुले एसएलसीको परीक्षा दिन नपाएको कम्प्युटर अपरेटर कृष्ण बर्माले बताए ।    एसएलसी परीक्षाको लागि १७ जना केन्द्राध्यक्ष, २३ जना सहायक केन्द्राध्यक्ष, दुई सय १७ जना शिक्षक र एक सय ७० जना सुरक्षाकर्मि परिचालन भएको सहायक जिल्ला जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउातले बताए ।  

अन्य समाचारहरु