सिद्वारा स्वास्थ्य चौकीलाई १० लाखको औषधी सहयोग

सिद्वारा स्वास्थ्य चौकी ।  फाइल फोटो 
सिद्वारा, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सिद्वारा स्वास्थ्य चौकीको लागि एक स्थानिय युवाले दश लाक बराबरको औषधी सहयोग गरेका छन् । 
औषधी अभाव झेल्दै आएको सिद्वारा स्वास्थ्य चौकीलाई स्थानिय काठमाडौंमा बस्दै आएका एक युवाले उक्त औषधी पठाई सहयोग गरेका हुन् । टिचिङ हस्पिटलमा अधिक् त रहेर काम गर्दै आएका अमृत पोखेरेको पहलमा उक्त औषधी सहयोग भएको हो । 
अहिले सम्म सिटामोल र भिटामिन बि वितरण गर्दै आएको सिद्वारा स्वास्थ्य चौकीमा ४७ प्रकारका औषधी सहयोग गरिएको बताइएको छ । 
औषधी सहयोगका लागि नेपाली कांग्रेस सिद्वाराले पहल गरेको थियो । 
समाचार प्रेम आचार्यबाट  

अन्य समाचारहरु