विनोद गैरे
सन्धिखर्क, अर्घाखाँची । नेकपा मसालको अखिल नेपाल किसान संघ जिल्ला समिति अर्घाखाँचीको दोस्रो जिल्ला भेला सन्धिखर्कमा सम्पन्न भएको छ ।
अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर केसीको प्रमुख आतिथ्यतमा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा, अखिल नेपाल किसान संघका केन्द्रिय कोषाध्यक्ष कृष्ण केसी, राष्ट्रिय जनमोर्च राप्ती लुम्विनी उपाध्यक्ष शेर बहादुर वि.सी, ने.क.पा (मसाल)का जिल्ला प्रवत्ता थम्मन के.सी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कल्पना पोख्रेल, प्रगतिसिल पत्रकार संघका जिल्ला अध्यक्ष विनोद गैरे अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य देवी प्रसाद भुसाल लगायको उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर केसीले किसानहरुको हक हित र अधिकार प्राप्तीकोे लागि घरमै वसेर नहुने भन्दै अधिकारको लागि आर्थिक क्रान्तिको विकल्प नभएको वताउनु भएको छ । नेता केसीले आगामी २०७३ जेष्ठ २१, २२ र २३ गते काठमाण्डौमा हुनगईरहेको विश्वका किसानहरुको विश्व सम्मेलन नेपालका लागि गौरव भएको भन्दै यसलाई पूर्ण रुपमा सम्पन्न गर्नका लागि आ-आफ्नो क्षेत्रवाट सहयोग र सर्मथन गर्न सबैलाई आग्रह गरेका छन् ।
केसीले राष्ट्रिय परिस्थितीलाई कोट्याउदै प्रधानमन्त्रीले चिन भ्रमणका समयमा गरेको पारवाहन सन्धि स्वागत योग्य भएको भन्दै खुलेर प्रसंसा गरेका थिए साथै युरोपियन युनियनले जारी गरेको संयुक्त वक्तव्यमा टिप्पणी गर्दै नेपालको संविधान पूर्ण भएको र नभएको भन्दै आपत्ति जनाउन यरोपियन युनियनलाई अधिकार नभएको भन्दै नेपालीले आफ्नो भाग्य कोर्न आफै सक्षम भएको जिकीर गरेका थिए ।
भेलाले जिवनारायण खनालको संयोजकत्वमा १५१ सदस्यीय विश्व किसान सम्मेलन सहयोग समितिको गठन गरेको छ ।
कार्यक्रम अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जिवनारायण खनालको अध्यक्षता, सचिव रुमलाल चुदाँलीको स्वागत र तिलकराम भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।