सिरियामा राष्ट्रपति असदलाई अहिलेसम्म साथ दिंदै आएको अलावी सम्प्रदायका नेताहरुले साथ छोडे

गृहयुद्धको चपेटामा परेको सिरियामा राष्ट्रपति बसर अल असदलाई अहिलेसम्म साथ दिंदै आएको अलावी सम्प्रदायका नेताहरुले असदको साथ छोडेका छन् ।
देशमा धार्मिक सहिष्णुता कायम गर्न र धार्मिक दंगा नभड्कियोस भन्ने हेतुले राष्ट्रपति असदको साथ छोडेको उनीहरुले बताएका छन् । अलावी सम्प्रदायका नेताहरुले दस्तावेज नै जारी गरी असदको शासनलाई किनारा लगाएका हुन् ।
सिरियामा गृहयुद्ध शुरु भएदेखि आफूहरुको सम्प्रदायको अस्तित्व समाप्त हुँदै गएको बताउँदै ती सम्प्रदायका नेताहरुले देशमा रहेका विभिन्न सम्प्रदायबीच मतभिन्नता कायम रहेकोले त्यसलाई कम गर्न पनि राष्ट्रपतिको साथ छोड्नुपर्ने बताएका छन् ।
अलावी सम्प्रदायको उदय इराकबाट १० औं शताब्दीमा भएको हो । हाल सिरियामा १२ प्रतिशत अलाबी सम्प्रदायका धर्मावलम्मीहरु रहेका छन् । अलावी सम्प्रदायले साथ छोडेपछि राष्ट्रपति असद संकटमा परेको बताइएको छ । (एजेन्सी)