सन्धिखर्कमा गौशाला निर्माण गरिने

सन्धिखर्क । फाइल फोटो 
अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची चैत्र २५ ।  सदरमुकाम तथा जिल्लाका विभिन्न ठाउँमा गाई गोरुलाई छाडा छाड्ने प्रचलन बढेपछि  संरक्षणका लागि गौशाला निर्माण गरिने भएको छ । 
कृषहरुले पछिल्लो समयमा व्यवसायीक रुपमा गाई पाल्न थालेपनि बाछा,बाछीको भने संरक्षणमा ध्यान दिन छाडेका छन । दुध दिन छाडेका गाई, बुढा गोरु, बाछा, बाछी सडकमा छाडिदिँदा दुर्घटनाको जोखिम बढेको छ । छाडा चौपायाले खती बालीमा समेत हानी पु-याएका छन् । सन्धिखर्कमा मात्र पछिल्लो समयमा करिव एक दर्जन छाडा चौपायाले हौरानी पु-याइरहेका छन् ।
 हिन्दु धर्मालम्वीहरुले गाइलाई माताको रुपमा पूजा गर्ने भएपनि  पालनपोषण नगरि सडकमा छाड्ने गरेका छन् । 
सन्धिखर्कका समाजसेवी नारायण खनालले  गाई संरक्षणमा चाँसो देखाएका छन् ।  ॐ श्री कृष्ण नामको  गौशाला निर्माण गर्नका लागि उनकै अध्यक्षतामा ११ सदस्यीय निर्माण तथा संरक्षण समिति गठन गरिएको छ ।  जसको उपाध्यक्षमा हरिप्रसाद भुसाल, सचिवमा मणिराम भुसाल सहसचिवमा लक्ष्मण पराजुली र कोषाध्यक्षमा राजकुमार श्रेष्ठ रहेका छन् । सदस्यहरुमा  ठाकुर प्रसाद श्रेष्ठ, सुभाष श्रेष्ठ, भरत श्रेष्ठ, बिनिराम चुँदाली, टिकाराम खनाल र गोविन्द प्रसाद आचार्य  रहेका छन् । 
सतितिका अध्यक्ष खनालले  उपयुक्त ठाउँ खोजेर तुरुन्तै निर्माण कार्यमा लाग्ने जानकारी दिए । ‘सन्धिखर्क नगरपालिकको  पायक पर्ने ठाउँमा गौशाला  निर्माण गर्छौं उनले भने, ‘ढिला नगरि काम अघि बढाउँदैछौं ।’

अन्य समाचारहरु