अर्घाखाँची अदालतको अन्तरक्रिया सम्पन्न

प्रेम आचार्य
अर्घाखाँची २४ चैत । अर्घाखाँची जिल्ला अदालतमा सेवाग्राही र  जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोला वीच भेटघाट एवं अन्तरक्रिया (  कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा अदालका नियमित सेवाग्राहीका अतिरिक्त समाजसेवी, लेखापढी व्यवसायी एवं अदालतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । जिल्ला अदालतका श्रेस्तदार  महेश खनालले स्वागत बाट सुरु भएको  कार्यक्रममा  जिल्ला न्यायाधीशबाट भेटघाट कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नु हुँदै अदालतका सेवाग्राहीहरुको जिज्ञासा सम्बोधन गर्नु भएको थियो । 
कार्यक्रममा उपस्थित सवै सेवाग्राहीहरुले कार्यक्रम अत्यन्त उपयोगी रहेको भन्दै यसको निरन्तरता हुनु पर्ने कुरामा जोड दिएका थिए । उक्त अवसरमा सेवाग्राहीहरुलाई अदालतको सेवाको बिषयमा जानकारी गराउँदै अदालतबाट निशुल्क रुपमा उपलव्ध हुने विभिन्न ४० प्रकारका निवेदनहरुको सूची सेवाग्राहीहरुलाई उपलव्ध गराईएको थियो । 

अन्य समाचारहरु