घनश्याम पौडेल
ढिकुरा, अर्घाखाँची, २५ चैत । अर्घाखाँचीको ढिकुरा गाविसको गैरागोढमा नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणकालागि सञ्चालन गरेको गाँउ जनजागरण अभियान आज सम्पन्न भएको छ ।
१३ महाधीबेसन अन्तर्गत बनेको नँया जिल्ला कार्य समितिले संगठन सुदृढीकरण र कार्यक्रताको मनोभावना अनुररुप पाटीलाई अगाडी बाउनका लागि जिल्लाका सबै गाविसमा अभियान सञ्चालन गरेको काग्रेसका जिल्ला सभापति बिष्णु खनाल ( मुस्कान) ले बताउनु भयो । हरहर काग्रेस , घरघर कांग्रेस भन्ने नाराका साथ सुुरु भएको कार्यक्रम जलुके, सिद्धारा सिमलपानी, ठाडा, सुवर्णखाल, जुकेना, सितापुर , नुवाकोट , असुरकोट खिल्जी गाविसमा सम्पन्न भई आज ढिकुरा गाविसमा सकिएको हो ।
ढिकुरामा भएको कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) ले कार्यक्रताको भावना बुझ्ने जनताको माग अनुसार बिकासलाई अगाडी बढाउने उदेश्यले गाँउ जनजागरण अभियान सञ्चालन गरेको बताउनु भयो । कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले गाँउ अभियानले काग्रेस अझ ससक्तका साथ अगाडी बढ्ने बताउनु भयो । उहाले विकास निर्माणको अभियान अगाडी बढाउन पनि सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा जिल्ला सचिब छबिलाल पौडेल, महासमिति सदस्य शान्ता भण्डारी क्षेत्रीय सभापति अच्युत गौतम, जिल्ला सदस्य हेमन्त बेल्बासे, माधब पौडेल, विष्णु भुसाल, इन्सु मिया चन्द्रा गैरे रेमकला क्षेत्री, भोजराज शास्त्री रिषिराम घिमिरे, गिरिराज प्रोख्रेल लगायतले मन्तब्य राखेका थिए ।
काग्रेस ढिकुरा गाविसका सभापति उमेश घिमिरेको सभापतित्व, सुर्य भुसालको सञ्चालन खडानन्द घिमिरेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।भोलि धनचौर गाविसमा जनजागरण कार्यक्रम सम्पन्न गरिने काग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताउनु भयो ।