पनामाले वित्तीय उद्योगको सुधारका लागि अन्तर्राष्ट्रिय प्यानल खडा गर्ने

पनामाको  मोस्याक फोन्सेका ल कम्पनीका गोप्य दस्तावेज चुहावट भएपछि पनामाले आफ्नो वित्तीय उद्योगको पारदर्शीता सुधारमा सहयोगका लागि अन्तर्राष्ट्रिय प्यानल खडा गर्ने भएको छ ।
पनामाका राष्ट्रपति जुआन कार्लोसले फोन्सेकाको चुहावटसँग मुछिएका मुलुकहरुसँग मिलेर काम गर्ने बताएका छन् ।
राष्ट्रपति कार्लोसले विदेशमन्त्रीमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित स्वतन्त्र समिति गठन गरिने बताए ।
१ करोड १० लाख गोप्य दस्तावेज चुहावटमा विश्वका शक्तिशाली व्यक्तिहरुको नामसमेत मुछिएको छ ।
फोन्सेकाको सहयोगी पनामानियन ल फर्मले आफ्नो दस्तावेज ह्याकको शिकार भएको जनाएको छ ।
सन्चारमाध्यमले अनधिकृतरुपमा आफ्नो गोप्यता चुहाएको कम्पनीको आरोप छ ।
त्यसमा मुछिएकाहरुले पनि बचाउको प्रयाससमेत उक्त फर्मले गरेको छ । (एजेन्सी)