हिटलरको जन्मघर घर कब्जामा लिने योजना

अष्ट्रियन सरकारले अडोल्फ हिटलरको जन्मघर नाजीहरुमाथि सहानुभूति राख्नेहरुको केन्द्र बन्नबाट रोक्न उक्त घर कब्जामा लिने योजना रहेको बताएको छ ।
हिटलरको जन्म सन् १८८९ को अप्रिलमा अष्ट्रियाको ब्राउनाउ अम इनमा भएको थियो ।
सरकारले सन् १९७२ देखि घरको मालिक रहेका गेर्लिन्ड पोमरबाट भाडामा लिएको थियो । यसबाट आएको रकम अशक्तहरुका लागि खर्च गरिएको थियो ।
तर, सम्पत्तिका वास्तविक मालिक पोमर र सरकारबीच विवाद भएपछि घर खाली थियो । पोमरले घर पुनःनिमाणको अनुमति दिन अस्वीकार गरेका थिए ।
सन् १९३३ नाजीहरुलाई शासन गर्न हिटलर जर्मनी गएका थिए । सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यपछि उनको मृत्यु भएको थियो । (एजेन्सी)