सुवर्णखाल, अर्घाखाँची (अर्घाखाँचीडट्कम )। अर्घाखाँची जिल्लाको सुवर्णखालमा पहिलो पटक बस पुगेको छ । पहिलो पटक बस पुगेपछि स्थानियबासीमा खुशीयाली छाएको छ ।
बस सेवाको उद्घाटन सुवर्णखालका स्थानिय ८२ वर्षिय जेष्ट नागरिक लीला बहादुर रानाले रिवन काटेर गरेका थिए । पहिलो पटक गाउँमा बस जाँदा स्थानियबासीले खुशीयालीमा बस ड्राइभर, बस सेवा प्रतिनिधिहरुलाई अविर, पैसाका माला लगाएर भव्य स्वागत गरेका थिए ।
स्थानियबासी र पश्चिम नेपाल बस व्यवसायी संघको सक्रियतामा पहिलो पटक अमराईबाट सुवर्णखाल सम्म मिनि बस सन्चालनमा आएको हो ।
बस दैनिक रुपमा २:३० बजे दिउसो अमराईबाट छुट्ने र ३ बजे राजुबास हुँदै ४ बजे सुवर्णखाल गाबिस भवनसम्म सन्चालनमा आउने भएको छ। साथै नियमित बिहान सुवर्णखालबाट अमराईको लागि छुट्ने छ ।
८, १० वर्ष देखि नै सुवर्णखाल सम्म नियमित जीप सन्चालन हुँदै आएका छन् । यसअघि सानो बाटोका कारण साना बाहेक ठुला सवारीसाधन चल्न सकेका थिएनन ।
साथै केही समयपछि बस सेवालाई सिदा काठमाडौं, सन्धिखर्कसम्म विस्तार गरिने छ ।
उता अर्घाखाँचीका कयौ गाबिस-गाउँमा यस अघि नै जीपका साथै बस सेवा सन्चालन आईसकेका छन् र यातायातका सेवा विस्तार गर्ने क्रम जारी छ ।
Ms. Ritu Khanal at Subarnakhal contributed to this report.
तस्बिरहरु: रिता खनाल, फेसबूकबाट