अर्घाखाँचीको जिल्ला अस्पतालमा भीषण आगलागी

अर्घाखाँचीडट्कमका प्रतिनिधि प्रेम खड्काले अस्पताल सुरक्षा कर्मी शेरबहादुर बुढासँग गरेको  कुराकानी ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको जिल्ला अस्पताल सन्धिखर्कमा भीषण आगलागी भएको छ ।

अस्पतालको ड्रेसिङ रूममा आगलागी भएको हो ।
अहिले विद्दुत आपुर्ती बन्द भएको छ । अस्पताल सुरक्षाकर्मी शेरबहादुर बुढाका अनुसार आगो नियन्त्रणमा आएको छ । 
विद्युत् चुहावट भएर आगो सल्केर आगलागी भएको बताइएको छ ।
आगलागीबाट अन्दाजी २ लाख बराबरको सामाग्री क्षेती भएको छ । 
अर्घाखाँची जिल्लाभर आगलागीका  घटना भईरहेका बेला यहाँ आगलागी भएको हो ।

अन्य समाचारहरु