अमेरिका र भारतबीच महत्वपूर्ण सैन्य सम्झौतामा सहमति भएको छ । तीन दिने भारत भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री एस्थन कार्टर र भारतीय रक्षामन्त्री मनोहर पारिर्करबीच दुई देशका सेनाले इन्धन तथा अन्य आवश्यक सामाग्रीका लागि एकअर्काको बेस प्रयोग गर्ने सम्झौतामा सहमति भएको हो ।
सहमति अनुसार आगामी केही सातामै सम्झौतामा दुई देशबीच हस्ताक्षर हुने बताइएको छ । नयाँ सम्झौताअनुसार अमेरिकी र भारतीय सेनालाई आवश्यक सामग्री लिनका लागिमात्र एकअर्काको बेस प्रयोग गर्न पाउने छन् । एक दशक अघिदेखि नै अमेरिकाले भारतसँग यसखाले सम्झौता गर्नका लागि पहल गर्दै आएकोमा हाल सफलता मिलेको हो ।
तर कांग्रेस आई र वामपन्थी दलले भने भारतीय सुरक्षा नीतिमा हस्तक्षेप हुनसक्ने भन्दै त्यस्तो सम्झौता गर्न अस्वीकार गर्दै आएका थिए । (एजेन्सी)