नाइजेरियामा दुई वर्षअघि विद्रोही समूह बोको हराम ले अपहरण गरिएका छात्राको भिडियो सार्वजनिक गरिएको छ । अपहृत छात्रा सकुशल रहेको प्रमाणस्वरुप बोको हरामले भिडियो सार्वजनिक गरेको हो ।
भिडियोमा १५ छात्रालाई देखाइएको छ । सन् २०१४ अप्रिलमा सो समूहले एक विद्यालयबाट २७६ छात्रालाई अपहरण गरेको थियो ।
बोको हरामले मध्यस्थकर्तालाई ती बालिकाको भिडियो पठाएको हो । उक्त भिडियो गत डिसेम्बरमा छायांकन गरिएको बताइन्छ ।
बुर्का लगाएका बालिकालाई एउटा भित्ता अगाडी उभ्याएर भिडियो बनाइएको छ । उनीहरुको मुहारमा कुनै प्रकारको यातनाको प्रतिबिम्ब भने नदेखिएको अधिकारीहरुको भनाई छ । (एजेन्सी)