खिदीममा कांग्रेसको जनजागरण अभियान सम्पन्न

प्रेम आचार्य
खिदीम, अर्घाखाँची । अर्घाखाँचीको खिदीममा  नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणकालागि सञ्चालन गरेको  गाँउ जनजागरण अभियान आज सम्पन्न भएको छ  । 
जिल्ला कार्य समितिले संगठन सुदृढीकरण र  कार्यक्रताको मनोभावना अनुररुप पाटीलाई अगाडी बाउनका  लागि जिल्लाका सबै गाविसमा अभियान सञ्चालन गरेको काग्रेसका जिल्ला सभापति बिष्णु खनाल   ( मुस्कान) ले बताउनु भयो । हरहर काग्रेस , घरघर कांग्रेस भन्ने नाराका साथ सुुरु भएको हो । 
खिदीममा भएको कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) ले कार्यक्रताको भावना बुझ्ने जनताको माग अनुसार बिकासलाई अगाडी बढाउने उदेश्यले गाँउ जनजागरण अभियान सञ्चालन गरेको बताउनु भयो ।  
कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले गाँउ अभियानले काग्रेस अझ ससक्तका साथ अगाडी बढ्ने बताउनु भयो । उहाले विकास निर्माणको अभियान अगाडी बढाउन पनि सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा  जिल्ला सचिब छबिलाल पौडेल, महाुसमिति सदस्य तथा शिक्षक संघका अध्यक्ष यादब घिमिरे, महासमिति सदस्य तथा महिला संघकि सभापती शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम, जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, रामप्रसाद घिमिरे, बिष्णु भुसाल, माधब पौडेल, बिष्णु भुसाल, बिभागका सदस्य राम बहादुर मानव, उपेन्द्र केसी, गुरु कोशलेश्वर सरस्वती लगायतले मन्तब्य राखेका थिए ।
काग्रेस खिदीमका सभापति बिष्णु अर्यालको सभापतित्व, प्रेम प्रसाद आचार्यको   स्वागत   र शेषकान्त घिमिरेको  सञ्चालनमा सम्पन्न भएको जिल्ला सदस्य माधब पौडेलले बताउनु भयो । कार्यक्रम भोलि पोखराथोकको डाडापरिमा हुने छ ।

नेपाली कांग्रेस अर्घाखाँचीको संगठन सुदृढीकरणको क्रममा पालीमा । 

अन्य समाचारहरु