जलुके, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको जलुकेका आगलागी पीडितलाई राहत वितरण गरिएको छ ।
जलुके गाबिस वार्ड नं. ९ स्थित बादरे तथा तरुलेका १३ घर अग्नि पिडित परिबारलाई राहात बितरण गरिएको हो।
राहात बितरण सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी घिमिरे लगायतले गरेका थिए । राहतको सामाग्री दैविक प्रकोप तथा उद्दार समितिले बितरण गरेको हो ।
सो अवसरमा आगलागी भएका घरहरुको निरिक्षण गरिएको थियो ।
गत शनिबार दिउसो करिव २ बजे तिर जङ्गलबाट सल्किएको आगो बस्तीमा पस्दा आगलागी भएको थियो । खडेरिको समय र चर्को हावाले गर्दा आगो नियन्त्रण भन्दा बाहिर गएर बस्ती सम्म पुगेको स्थानीय बासिन्दाले बताए । त्यस्तै जलुके गाबिस वार्ड नं. ६ मा सोही दिन आगलागी हुँदा तिन घर जलेर नष्ट भएका थिए ।
तस्बिरहरु: सुर्य भुसालबाट