बसन्त श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची । पेशागत महासंघ अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलन आज सम्पन्न भएको छ ।
स्वाधिन अर्थतन्त्र र सम्बृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन भन्ने मुल नाराका साथ आयोजना गरिएको बिभिन्न संगठनहरुको छाता संगठन पेशागत महासंघको तेस्रो जिल्ला सम्मेलन आज सम्पन्न भएको हो । सम्मेलन बाबुराम आचार्यको अध्यक्षता, तिलक मिश्रको सञ्चालन र माया ज्ञवालीको स्वागतम मन्तब्यमा सम्पन्न भएको थियो । सम्मेलनले अध्यक्षद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन पारित समेत गरेको छ ।
सम्मेलनले तिलक मिश्रको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्य समितिको सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा माया ज्ञवाली, सचिवमा दिनामणी बेल्वासे, सहसचिवमा सिता बञ्जाडे ‘भुसाल’, कोषाध्यक्षमा टेकराज आचार्य रहनुुभएको छ । यस्तै सदस्यहरुमा बिष्णु प्रसाद पोख्रेल, डिलारम पन्थी ‘पदम’, खगिश्वर केसी, वालवहादुर जिसी, प्रेम चन्द बिक लगायतका रहनुुभएको छ । थप ३ जनालाई पछि मनोनयन गरिने पेशागत महासंघ अर्घाखाँची अध्यक्ष तिलक मिश्रले जानकारी दिनुभयो ।
महासंघको सल्लाहकारमा बाबुराम आचार्य, मुकुन्द आचार्य, इश्वरी भुसाल, देबेन्द्र केसी र गिरीराज खनाल रहनुभएको छ । कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले जिल्ला कमिटि कार्यबाहक अध्यक्ष जीवनारायण कोइराला, अध्यक्ष मण्डलका अध्यक्ष मुकुन्दराज आचार्यले बधाई तथा शुभकामना मन्तब्य राख्नुुभयो ।