इक्वेडरमा ७.८ म्याग्नेच्यूडको भूकम्प जाँदा कम्तिमा ७७ जनाको मृत्यु

ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा ७.८ म्याग्नेच्यूडको भूकम्प जाँदा कम्तिमा ७७ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् ।
इक्वेडरका सरकारी अधिकारीहरुका अनुसार राजधानी क्योटोबाट १६० किलोमिटर परको म्युसिनी शहर केन्द्रबिन्दू भएर गएको भूकम्प १९ किलोमिटर गहिराईमा मापन गरिएको छ ।
राजधानी क्योटोमा भूकम्पको ठूलो धक्का महशुस गरिएको थियो । भूकम्पले थुप्रै घरहरुमा क्षति पुर्‍याएको छ भने ६ वटा प्रदेशमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।
भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आइनसकेको इक्वेडरका अधिकारीहरुले जनाएका छन् । भूकम्पका कारण सुनामी आउने खतरा रहेको भन्दै सजग रहन त्यहाँका बासिन्दालाई सचेत तुल्याइएको छ । एजेन्सी