प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची ७ बैसाख । नेपाल बिद्याथी संघ जिल्ला कार्यसमिति अर्घाखाँची र नेपाल बिद्यार्थी संघ पाणिनि बहुमुखी क्याम्पस मुल इकाई समितिको आयोजनामा नेबिसंघको ४६ औ स्थापना दिबसको अवसरमा हाजिर जबाफ तथा कुर्चीदौड प्रतियोति आज सम्पन्न भएको छ ।
हाजिर जबाफ प्रतियोगितामा बिराज मुखिया , राजन महतत्रा, पवित्रा बन्जाडेको समुह प्रथम, शंकर पाण्डे ,अनिता भुसाल , शर्मिला पंन्थीको समुह द्धितिय , र प्रकाश जि.सी ,निर्मला खनाल ,मनिषा गैरेको समुह तृतिय भएका छन् । त्यस्ते कुची दौड प्रतियोतिामा छात्रा तर्फ शमिला पन्थि प्रथम, सरस्वता भुसाल द्धितिय, सरस्वस्ता के.सी तृतिय भएका छन् । त्यस्तै छात्र तर्फ शंकर पाण्डे प्रथम, अजय बन्जाडे द्धितिय , प्रकाश जि.सी समुह तृतिय भएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य कृष्ण खनालले बिद्याथीहरुमा पढाईसगै राजनितिक ज्ञान पनि हुन जरुरी रहेको बताउनु भएको छ । नेता खनालले नेपाल विद्याथी संघले हाजिर जबाफ प्रतियोगिता राखेर सर्बै संगठनका बिद्याथीहरुलाई अतिरित ज्ञान दिनको लागि महत्वपुर्ण भुमिको खेलेको बताउनु भएको थियो । उहाले सबै बिद्याथीका हक र अधिकारका लागि सबै बिद्याथीहरु एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा पाणिनि बहुमुखी क्याम्पसका ब्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्री , टेडयुनियका अध्यक्ष नन्दराम भटराई, जिल्ला उपाध्यक्ष नेत्र प्रसाद मरासिनी, रुद्रमणि भुसाल ,राजन पौडेल, शुशिल बेल्लबासे ,बिक्रम भटराई , लगायतले मनतब्य राख्नु भएको थियो । प्रतियोगिता सुरज रायमाजीको संचालनमा सम्पन्न भएको हो ।