सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले ट्रेड युनियन निर्वाचन सार्ने निर्णय बिरुद्ध जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
निजामती कर्मचारी युनियन अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।
उनिहरुले ट्रेड युनियनको निर्वाचनको मिति सारेको बिरोधमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई भेटी ज्ञापन पत्र बुझाएका थिए ।