श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान संघ सन्धिखर्क नगरको प्रथम नगरस्तरिय भेला सन्धिखर्कमा सम्पन्न भएको छ ।
अखिल नेपाल किसान सघंका केन्द्रिय कोषाध्यक्ष कृष्ण के.सी को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ कार्य समितिको समेत चयन गरेको छ । भेलालाई सम्बोधन गर्दे नेता के.सी ले किसानहरुको हकहितको लागी सबै किसानहरु एकजुट हुनुपर्ने भन्दै, नेपालमा कृषि क्रान्तिको बिकल्प नभएकोले सबै किसानहरु त्यसतर्फ उन्मुख हुनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष झबिलाल थापा,ने.क.पा.मसालका जिल्ला प्रबक्ता थम्मन के.सी,अखिल नेपाल राष्ट्रिय यातायात मजदुर संगठनका केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सी,अखिल नेपाल महिला संघ कि केन्द्रिय सदस्य कल्पना पोखे्रल,अखिल छैठौंका केन्द्रिय सदस्य कुलराज खनाल,प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे,अन्टुकका जिल्ला अध्यक्ष शिद्घी भट्टराई,किसानका जिल्ला अध्यक्ष जिबनारायण खनाल,बुद्घीजिबीको तर्फबाट कमल प्रसाद घिमिरे,समताका पे्रम नेपाली,झबिन्द्र खनाल,बिष्णु के.सी लगाएतले भेला सफलताको शुभकामना दिएका थिए ।
भेलाले पुस्कर बन्जाडेको अध्यक्षतामा १३ पूर्ण र ४ बैकल्पिक गरी १७ सदस्यीय नगर समितिको चयन गरेको छ । जसको उपाध्यक्ष,सचिब,कोषाध्यक्ष,र सहसचिबमा क्रमशःदिलदार हुसेन,गोपाल खनाल,गोपल पाण्डे,र धर्मराज भुसाल रहेका छन । त्यसैगरी सदस्यहरुमा भुपेन्द्र चुदाँली, बाबुराम एस.के,गिता थापा,शिब बहादुर नेपाली,बिष्णुमाया श्रेष्ठ,थम्मन बहादुर के.सी,मिना रेश्मी,तिलक पौडेल,बसन्ता भट्टराई र साबित्रा बन्जाडे लाई चयन गरेको छ भने २ स्थान रिक्त राखेको छ । कार्यक्रम पुस्कर बन्जाडेको अध्यक्षता गणेश बन्जाडेको स्वागत मनतब्य र भिमलाल आचार्यको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरे ले बताएका छन ।