युबराज पौडेलबाट
जुकेना – ५, भुमिकास्थान, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको जुकेनामा बिद्यार्थीबाट पैसा सङकलन गरि प्रध्यानाध्यापक नै फरार भएका छन् ।
जिल्लाको जुकेना स्थित श्री सुधा उच्च माध्यमिक बिधालयका प्रधानाध्यापक कुल बिक्रम खनाल व्यवस्थापन समितिको मिलोमतोमा बिद्यार्थीबाट स्कुल ड्रेस्स टाइ बेल्ट लगायत किन्न भनी उठाएको पैसा लिएर फरार भएका हुन् ।
कक्षा ६ देखि १० सम्मका बिद्यार्थीबाट वास्तविक मुल्य भन्दा बढी रु. २००/३००/४००/५००/क्रमश पैसा सङकलन गरेका थिए । तर प्रर-थान रु.१००/ का टाइ बेल्ल खरिद गरि बिद्यार्थीबाट बढी पैसा असुल गरिएको भन्दै विद्यार्थीले हिसाब खोजी गर्दा हिसाब दिन नसकी प्रधानाध्यापक खनाल फरार भएका छन् ।
बिद्यार्थीले प्रधानाध्यापकले हिसाब दिन नसकेको भन्दै बिद्यार्थीले गत मंसिर महिना २७ गते देखि बिधालयमा तालाबन्दी गरेका छन ।
करिब ६ महिना बितिसक्दा पनि बिधालय व्यवस्थापन समिती, स्थानिय राजनीति दलबाट कुनै पनि पहल गर्न नसक्दा करिब ५५० बिद्यार्थीको पढ्न पाठन अन्योलमा परेको छ ।
बिद्यार्थीमाथि खेलवाड गर्ने प्रधानाध्यापक व्यवस्थापन समितिलाई कारबाही गर्न र पैसाको हिसाब पारदर्शी गर्नको लागि स्थानियबासीले माग गरेका छन् ।
प्राध्यापक सहित पाँच शिक्षकलाई कोठामै थुनेका थिए ।
श्री सुधा उच्च मावी स्थित सरस्वतीको मन्दिर ।