घनश्याम पौडेल
चुत्रावेशी, अर्घाखाँची । जनज्योती उच्च माध्यमिक विद्यालय सन्धिखर्क नगरपालीका २, चुत्रावेशी अर्घाखाँचीमा आज एक भव्य समारोहका बिच कक्षा ११ का विदयार्थीहरुद्धारा कक्षा १२ का विदयार्थीहरुलाई विदाई गरिएको छ ।
कार्यक्रममा बोल्ने व्यक्ताहरुले जिल्लाकै एक नमुना विद्यालय भएकोले राम्रो सगँ अध्ययन गरी आगामी दिनमा पनि जिल्लाकै उत्कृष्ट विद्यालय वनाउन विद्यार्थीहरुको हात भएकोले सवै विद्यार्थीहरुलाई राम्रो सगँ अध्ययन गर्न अनुरोध गरिएको थियो । क्रार्यक्रम उक्त विदयालयका व्यवस्थापन समितीका अध्यक्ष धर्मराज वन्जाडेको प्रमुख अतिथ्यता प्राचार्य दिनानाथ आचार्यको विशेष अतिथ्तामा, उच्च माध्यमिक विदयालय संयोजक नन्दराम भट्टराईका पनीे विशिष्ट अतिथ्तामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष धर्मराज वन्जाडेले आजका विद्यार्थी भोलिका देशका कर्णदार हुन भन्दै सुरुदेखिनै मिहनेतका साथ अध्ययन गरि आफनो उज्जवल भविश्य निर्माण गर्न शुभकामना दिनुभएको थियो । यस विद्यालयलाई जिल्लाकै सामुदायिक विद्यालयतर्फ नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, समाजसेवि, बुद्धिजिवि विद्यार्थीहरु लागिपनुपर्ने बताए । कार्यक्रममा बोल्ने अन्य व्यक्ताहरुले शिक्षाको खस्किदो गुणस्तरलाई सुधानुपर्ने भन्दै सबैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत आग्रह गरेका थिए ।
प्राचार्य दिनानाथ आचार्य, उमावि संयोजक नन्दराम भट्टराई, विद्यार्थीहरु नेपाल विद्यार्थी सघं जनज्योती उच्चमाविका अध्यक्ष घनश्याम पौडेल, विजय घिमिरे, निशा पन्थी, अशोक वश्याल, विकास केसि, विनोद खडका, तारावहादुर कुवर, अशोक विश्वकर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।
क्रार्यक्रम उक्त विदयालयका कक्षा ११ मा अध्ययनरत विदयार्थी आनन्द भुषालको अध्यक्षता, विष्णु रणपातको स्वागत मन्तव्य र डुकवहादुर ओलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
तस्विर: घनश्याम पौडेल