अमेरिकाको राष्ट्रपति पदका लागि भएको प्रारम्भिक निर्वाचनमा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टन विजयी

अमेरिकाको राष्ट्रपति पदका लागि भएको प्रारम्भिक निर्वाचनमा अग्रपंक्तिमा रहेका दुई उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टन विजयी भएका छन् ।
मंगलबार पाँच राज्यमा भएको निर्वाचनमा ट्रम्पले पाँचै राज्य तथा क्लिन्टनले चार राज्यमा जीत निकालेका हुन् । कनेक्टीकट, डेलावेयर, मेरिल्याण्ड, पेन्सिलभानिया र रोडे आइल्याण्डमा भएको निर्वाचनमा ट्रम्पले सबै तथा क्लिन्टनले रोडे आइल्याण्डबाहेक अरु चार राज्यमा जितेर आफ्नो दोबदारी झन् बलियो बनाएका हुन् ।
डेमोक्रेटका बर्नी सान्डर्सले भने उक्त एक स्थानमा मात्र जित हात पारे । डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्न दुई हजार तीन सय ८३ पार्टीका प्रतिनिधि आवश्यक पर्छ ।
हिलरीका लागि यो संख्या जुटाउन त्यती गाह्रो देखिएको छैन । उनलाई अब २ सय ४२ प्रतिनिधि अपुग छ । पछिल्लो परिणामले हिलरीलाई जित्न गाह्रो हुने भएपछि सान्डर्सलाई उम्मेदवारी फिर्ता लिन दबाव बढेको छ । यद्यपी, सान्डर्सले भने राष्ट्रपतिको उम्मेदवारी दौडमा अन्तिमसम्मै रहने जिकीर लिइरहेका छन् ।
रिपब्लिकनमा भने यो दौड अरु पेचिलो देखिँदैछ । उम्मेदवार बन्न एक हजार दुई सय ३७ डेलिगेट्स आवश्यक पर्छ । तर, प्रतिष्पर्धामा रहेका कसैले पनि यो संख्या पु