भिडियो,तस्बिरमा दृष्टिविहीन बासुरी बाले यसरी सन्धिखर्कमा बिहे गरे..

भिडियो: प्रेम खड्का, अर्घाखाँचीडट्कम

प्रेम खड्का
सन्धिखर्क शान्ती बगैचा, अर्घाखाँची । आखिर मानिसलाई एउटा न एउटाको साहारा त चाहिन्छ नै, लामो समय देखि अर्घाखाँचीमा बस्दै आएका एक जना दृष्टिविहीन बासुरी बाले सन्धिखर्कमा परम्परा अनुसार विवाह गरेका छन् ।
प्युठान चुजाठाटी ( चुनखर्क) का दृष्टिविहीन बासुरी बादक गिरिराज आचार्यको आज बिबाह गरेका हुन् ।
 
उनले  बासुरी बजाएर हिडने क्रममा एक अंन्दाजी ४० बर्षको सुस्त मनस्थिति भएको महिलासँग भेट भएपछि  दुबैको सहमतिमा सन्धिखर्क स्थित शान्ती बगैंचाको मन्दिरमा माईला बाबाद्दारा बिधिपुर्बक बिबाह भएको हो । महिलाको घरको बारेमा भने कुनै जानकारी छैन ।
राम्ररी आँखा देख्ने महिला भएको हुनाले र बासुरी बजाउनेमा राम्रो कला भएकोले उनिहरुको अबको जीवन राम्रो संग बित्ने अनुमान गरिएको छ ।
विवाहमा स्थानियबासी, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

अन्य समाचारहरु