सन्धिखर्कमा भोलि हुने उद्योग वाणिज्य महासंघ लुम्बिनी अञ्चल भेलाको सम्पुर्ण तयारी पुरा

 प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची १५ बैसाख । अर्घाखाँचीको सन्धिखर्कमा भोलि बिहीबार हुने उद्योग वाणिज्य महासंघ लुम्बिनी अञ्चल स्तरीय भेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
 
  उद्योग वाणिज्य संघ अर्घाखाँची शाखाको आतिथ्यतामा साथी होटलमा भोलि दिउसो साढे बार बजे उद्घाटन हुने  अञ्चल भेलाको सम्पुर्ण तयारी पुरा भएको महासंघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
 
   भेलाको उद्घाटन महासंघका केन्द्रिय अध्यक्ष पशुपति मुरारकाले गर्नु हुने छ । भेलामा उद्योग वाणिज्य महासंघका पुर्ब अध्यक्षहरु, पदाधीकारी, केन्द्रिय सदस्य , बिभिन्न शाखाका अध्यक्ष तथा लुम्बिनी अञ्चलका १२ शाखाका अध्यक्ष सहित पाँच जना प्रतिनिधि गरि झण्डै एक सय जनाको सहभागिता रहने उद्योग वाणिज्य संघ अर्घाखाँचीका महासचिब नेत्र प्रसाद भुसालले बताउनु भयो ।
 
भेला उद्योग ब्यबसाय, कृषि र पर्यटन संग सम्बन्धित समग्र लुम्बिनी अञ्चल संग सम्बन्धित अर्घाखाँची घोषणापत्र जारी गर्दै सकिने छ । भेलामा सहभागी हुन बिभिन्न शाखाका प्रतिनिधिहरु आज देखिनै जिल्लामा आउने क्रम जारी रहेको छ ।

अन्य समाचारहरु